मानव कल्याण समाज सेवा घर धुलिखेलको प्रथम वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान समारोह धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले मानवीय जीवनको अवमुल्यन हुनु दुःखद क्षण भएको उल्येख गर्दै सडक सम्म पुग्नु पर्ने अवस्था राम्रो होइन तथापी यस्तो अवस्थामा मानव कल्याण समाजले दुःखमा परेका आपतमा रहेका मासिहरुको उद्दार गरी पालन पोषण गरेकोमा आफू निक्कै हर्षित रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि व्याञ्जुले मानव कल्याण समाज सेवा घरलाई आर्थिक र भौतिक सहयोग उपलब्ध गराउन कटीबद्धरहेको बताउनुभयो । कार्यक्रममा धुलिखेल नगरपालिकाको नगर उपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार धुलिखेल नगरपालिका वडा नं ४ वडा अध्यक्ष रविन्द्र कर्माचार्य, टिकटक समुहका टिकाप्रसाद तिमल्सिना लगाएतले मान्तव्य राख्नु भएको थियो । सेवा घरले १ सय ५० नागरिकहरुलाई सडकबाट उद्धार गरी ५० जनालाई पुनरमिलान गराई आआफ्नो घरमा पठाएको जनाएको छ । उद्धार गरिएका मध्ये ७ जनाको निधन भएकोले सेवा घरबाट नै अन्तिम दाह संस्कार गरिएको संस्थाका अध्यक्ष सुमित्रा चौलागाइले जानकारी दिनुभयो । ४५ जना अहिले सेवा घरमा सेवा लिई रहेका छन् । सोही अवसरमा सेवा घरले तयार पारेको सेवा घरमा जाउँ भन्ने वोलको गीत बिमोचन गरेको थियो । उक्त कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु र बागमती टिपर व्यवसायी संघका उपाध्यक्ष ठाकुर गौतम कार्यसमितिका पदाधिकारीहरुले खाद्य सामाग्री सहयोग उपलब्ध गराउनु भएको थियो ।
