धुलिखेल, नेकपा (एकीकृत समाजवादी) पार्टी धुलिखेल नगरकमीटीले नेपाल सम्बत ११४२, दिपावली र छठ पर्वको अवसरमा शनिबार शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समारोहको उद्घाटनको क्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास व्यक्ति र शक्तिको पछि मात्र दौडिएको कारण देशमा व्यवस्थीत दिगो विकासका योजना बद्धढङ्गबाट अघि बढ्न नसकेको कुरा बताउनु भयो । श्रोत निश्चित नहुने हचुवाका भरमा योजना बनाएर पेश गर्ने, विना अनुसन्धानको विकास योजना बन्दा ठूला ठूला आयोजनाहरु समय सिमा भित्र नसकीने भई देशमा अस्तव्यस्त भद्रगोल भएकाले आफूले शहरी विकास मन्त्रालय समाले पछि व्यवस्थीत विकासको लागि अनुसन्धान विज्ञ टोलि गठन गरी कार्य प्रारम्भ गरिएको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भयो । देशको विकासले जनताको जीवन स्तर बदलिन्छकी बदलिदैँन विकासले विनाश अधिक ल्याउँछ की सकारात्मक रुपान्तरण त्यसको कुनै लेखा जोखा विना गरेको विकासको अर्थ नरहने धारणा शहरी विकास मन्त्री झाँक्रीले राख्नुभयो ।
झण्डै दुईतीहाइको नजिकको कम्युनिष्ट नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारले आर्थिक श्रोत बेगरको ५० वटा स्मार्ट सिटीको अवधारणा, १४ सय सडक योजनाहरु हावादारी ढङ्गबाट अघि सारेकाले अहिलेको ५ दलिय गठवन्धन सरकारले त्यसलाई हटाउनु परेको उल्येख गर्नुभयो । केपी ओलीको दम्भ अहंकारका कारण प्रतिनिधि सभा दुई दुई पटक भङ्ग गर्ने कार्य भएकोले आज देश कठीन परिस्थितिमा उभिन पुगेको उहाँको तर्क थियो । केपी ओली कै कारण एमालेको नसरकार रह्यो न हामीलाई पार्टीमा ठाउँ नै नदिइ निकाली दिएकोले बाद्यय भएर नेकपा (एकीकृत समाजवादी) गठन गर्नु परेको बताउनुभयो । जटील परिस्थितिमा हामीले पार्टी गठन गरेका छौँ । समस्या र चुनौतिका चाङ्गलाई चिरदै संविधान, संघीयताको रक्षा गर्दै कम बोल्ने सुन्ने र जनताका जनजीवीका, सुशासन, शान्ति, अमन चयन सरकारको प्राथमिकिकरण पछि हामी देशको लागि केहि गरेर देखाउँछाँै जनतालाई निराश हुन दिदैनौँ । मुलुकको विकास र समृद्धि गर्नु छ ।
गरिवी निवारण, गुणस्तरीय शिक्षा, रोजगारीको श्रृजना मुलुकमा आर्थिक समृद्धि हाँसिल गर्ने अभियानमा हामी जुटेका छौँ, मन्त्री झाँक्रीको कथन थियो । बागमती प्रदेशद्धय लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, संस्थापक उपकुलपति डा. सुरेश राज शर्मा, नेकपा (एकीकृत समाजवादी) काभ्रेका सचिव दिपक गौतम, अनेरा स्ववियु महिला संघ काभ्रेको अध्यक्ष पासाङ डोल्मो तामाङ, नेपाली कांग्रेस प्रदेश क्षेत्रीय सभापती रमेश प्रसाद हुमागाई नेपाल उत्पिडित दलित प्रदेश सदस्य पदम विक, माओवादी केन्द्र धुलिखेल नगरकमीटी अध्यक्ष दिन दयाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर समितिका अध्यक्ष दयासागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
