IMG-LOGO

कुकुरको निःशुल्क बन्ध्याकरण

 मंगल, असोज १९, २०७८  --

१५ औँ विश्व रेबिज दिवसको अवसरमा पनौती नगरपालिकाले सार्वजनिक ठाउँमा छोडिएका कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न गरेको छ । असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाइएको पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । बौलाहा कुकुरको टोकाईबाट काभ्रेमा एक वर्ष भित्र पाँच जना नागरिकले ज्यान गुमाएको स्मरण गर्दै रेविज विरुदको खोपलाई प्राथमिकताको साथ अगाडि बढाइएको सापकोटाको भनाइ छ । पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाको आयोजना, नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र रोटरी क्लब अफ पनौतीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्