बनेपा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाले सेप्टेम्बर २९ विश्व मुटुरोग दिवसको अवसरमा मुटु बचाउ अभियान सञ्चालन गरी विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यार्थीहरु तथा धामी झार्कीको लागि मुटुरोग सम्बन्धि अभिमुखिकरण मुटुरोग र योग अभ्यास मुटु मैत्री खाना तथा पोष्टर पम्प्लेट वितरण जस्ता कार्यक्रम गरी मुटु बचाउ अभियान चेतना मुलक सन्देश प्रवाह गरी विश्व मुटुरोग दिवस मनाएको छ । युवा वर्गलाई मुटुको महत्व र स्वास्थ्य राख्ने र मुटुमैत्री खानेकुरा उपभोग गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ विद्यार्थीहरु विच निवन्ध प्रतियोगिता गरिएको थियो । प्रतिष्पर्धामा उत्रेका विद्यार्थीहरु मध्येबाट नाइट्रिङ्गोल एकेडेमी बनेपाका छात्र कृष्ण यादव प्रथम, विद्यासागर सेकेण्डरी स्कुल बनेपाका छात्रा सपना नेपाल द्वितीया र ओसन क्षेत्री तृतीय भएका छन् । उनीहरुलाई क्रमस १० हजार, ५ हजार र ३ हजारले नगद सहित पुरस्कृत गरिएको थियो । स्वस्थ मानिसको मुटु प्रतिदिन एक लाख पटक धड्किन्छ । वयस्कहरुको मुटुले ६० देखि ८० पटक सम्म धड्कीन्छ । मुटुले ५ दशमलब ७ प्रतिलिटर शरीर भरी रगत पम्प गर्छ भन्ने बैज्ञानिक तथ्य रहेको छ भने धुम्रपान गर्नेहरुमा सामान्य मान्छे भन्दा हृदयघात हुने सम्भावना ४ सय प्रतिशत सम्म वढी हुन्छ । कार्यक्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सम्भुकुमार महतो नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान उपाध्यक्ष एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व प्रतिष्ठान काभ्रेका सभापति अशोक कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो ।
