भक्तपुर; १६ असोज भक्तपुर नगर पालिका मेयर सुनिल प्रजापतीले किपाग्राफी भक्तपुरको छैठौं बार्सिक कोस्तब कार्यक्रमको एक समारोहबीच उदघाटन गर्नुभयो। कार्यक्रममा नगर प्रमुख प्रजापतिले लोपोन्मुख सम्पदा संरक्षणमा विभिन्न कालखण्डमा खिचियका फोटोहरूले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै फोटो भनेको ईतिहास र समाजको एना हो भनुभयो ।
पुराना तथा मौलिक फोटोहरूले भक्तपुरको ईतिहास अध्यन गर्न मद्दत पुगेको पुराना पुराना फोतोहरुको संकलन र अभिलेखिकरण गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा भक्तपुरका बरिस्ठ फोटोग्राफार केदारप्रसाद बनेपालीलाई दोसल्ला ओधाई समान गर्नुभएको थियो । उहाले किपाग्राफि भक्तपुरको आयोजनामा भयको भक्तपुरको नबदुर्गा नाच सम्बन्धि फोतो प्रतियोगिता २०७८ का उत्कृष्ट प्रथम, दोस्रो ; तेस्रो हासिल गर्न सफल फोटोग्राफरहरु लाई पुस्कार र समान पत्र प्रदान गर्नुभएको थियोे । किपाग्राफि भक्तपुरका अध्यक्ष अचुत प्रजापति को सभापतित्वमा भएको कार्यक्रममा बरिस्ठ ,फोटोग्राफर जगदि तिवारी , पदम सुनदर शाक्य लगायतले बोल्नु भयको थियोे । केदार बनेपाली नेपाल टेलिभिजनबाट काभ्रे र भक्त्तपुर जिल्लाका पहिलो समाचारदाता हुन् ।
