बागमती टिपर व्यवसायी संघ काभ्रेको अध्यक्षमा सुरेश खत्री सर्वसम्मतमा निर्वाचित हुनु भएको छ । उहाँलाई बागमती टिपर व्यवसायी संघको १० औँ वार्षिक साधारण सभाले निर्वाचित गरेको हो । बरिष्ठ उपाध्यक्ष नविन बैद्य, उपाध्यक्ष नरेन्द्र बादे, उपाध्यक्ष ठाकुर गौतम, सचिव राजेश खत्री, कोषाध्यक्ष नारायण कृष्ण श्रेष्ठ, सहसचिव राजन प्रसाद पौडेल र सहकोषाध्यक्ष निर्मल श्रेष्ठ सदस्यहरु बद्री मुरकुटी, पूर्णवहादुर श्रेष्ठ, अजय कार्की, दिपक अधिकारी, सुञ्जीत तामाङ, जुलियस खड्का, टिकाप्रसाद हुमागाई र सुदर्शन खत्री सर्बसम्मत रुपमा चयन हुनु भएको छ । निर्वाचित हुनु भएको छ । संस्थाका सचिव नरेन्द्र बादे श्रेष्ठले प्रगति प्रतिवदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष नारायण कृष्ण श्रेष्ठले संघको वित्तिय अवस्थाको बारेमा प्रष्ट पार्नु भयो । ३ करोड ६५ लाख २२ हजार ६ सय ४ सम्पती रहेको छ । जगेडा कोष ३ करोड ६४ लाख २८ हजार ७ सय ४ र अन्य कोष ६० हजार र अन्य दायित्व ३३ हजार ९ सय गरी ३ करोड ६५ लाख २२ हजार ६ सय ४ कुल दायित्व रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यले सम्बोधन गर्दै भन्नु भयो । यातायात क्षेत्रको समग्र सस्थालार्य नियालेर व्यवसायिहरुको हक हित, यातायात मैत्री कानुन निर्माण गनृ बैज्ञानिक भाडाहरु कायम गराउन निरन्तर लागि परेको बताउनुभयो । यातायात क्षेत्रको समस्या जड फुकाउन कठीन परिस्थितिलाई सहज बनाउन आफ्नो नेतृत्वमा धेरै कार्य भएको भए पनि यातायात व्यवसायी साथीहरुले गुनासो मात्र गरेको यथार्थ मुल्याङ्कन नगरेकोमा भने गुनासो व्यक्त गर्नुभयो । हेब्बी इक्युप्मेन्ट महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका प्रमुख सल्लाहकार शुर कृष्ण वैद्य, नेपाल यातायात व्वयवसायी महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठ, महासचिव सरोज सिटौला, पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष चित्र बहादुर कुँवर, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेश सुन्दुर शैजु लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।अध्यक्ष प्रेम लामाले २०६६ सालमा १ सय ३९ व्यवसायिबाट १ सय रुपैयाबाट रकम संकलन गरी व्यवसायिहरुको हकहित र सुरक्षाको लागि गठन भएको बागमती टिपर व्यवसायी संघले १० औँ वार्षिक साधारण सभा आइ पुग्न सहयोग पु¥याउनु हुने धन्यवादको पात्र भएको बताउनुभयो । कार्यालय प्रमुख प्रकाश कायस्थले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
