IMG-LOGO

“काभ्रे फेस्ट –सिजन २”सम्पन्न

 मंगल, असोज १२, २०७८  --

बागमती प्रदेश काभ्रेको बनेपा सहरमा एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट –सिजन २” भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम असोज ९ गते अरनिको पार्टी प्यालेसमा पनौती नगरपालिकाका नगर प्रमुख (मयोर) भिम न्योपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । काभ्रे फेस्ट –सिजन २ को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामाङले हासिल गरेका छन् भने आचल अधिकारी (प्रथम),सेलिना श्रेष्ठ (दोस्रो ) र अनुभव श्रेष्ठ (तेस्रो ) भएका छन् ।

युवा ब्यबसायी रत्नकुश रंजितकार, सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होमका संचालक मायाँ राज्गदिया , राष्ट्रिय मोडलिङ् संघका अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल ,गायिका श्रद्धा प्रसाई ,गायिका प्रशना पाण्डे ,प्रकाश बोलखे लगायतको आतिथ्यता रहेको थियो । काभ्रे फेस्ट,युवा –युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित –अबिबाहित ,महिला –पुरुष दुवैले गरि अन्तिम मा १६ जना ले र्याम्प  वालक गरेका छन्।  उक्त कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ब्रेवेरी (टुबोर्ग) ,सह प्रायोजक भीनि नेपाल (फोग्ग ) ,तुलिप होमे अपलाइन्सेस , रोयल्स  त्याग (विसकि ), मेटस वाइन,नेबिको बिस्कुस्ट्स नेपाल ,सिल्क हेयर , रोयल लाउन्ज ७ बार र प्राइम नुडल्स ७ फुड्स (म्यारोन ) रहेको थियो ।

 

एल एण्ड एन मोडेल एजेंसीका कार्यकरी निर्देसक नितिन कायस्थले जानकारी दिनु भयो । कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डे का साथै उक्त कार्यक्रम मा कोरियोग्राफि संगीता श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्