विश्व पर्यटन दिवसको अवसरमा बनेपा–३ काशीभञ्ज्याङमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । काशीभञ्ज्याङ एकीकृत विकास समिति र कालिजंग गण धुलिखेलले संयुक्त रुपमा वृक्षारोपण आयोजना गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा न.पा. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, कालिजंग गणका गणपति मिलन थापा, सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरु, स्थानीय युवाहरुको उल्लेख्य सहभागितामा करिव ५सय भन्दा वढी विभिन्न प्रजातिका विरुवाहरु रोपेको स्थानीय समाजसेवी उदय केसीले जानकारी दिनुभयो । पर्या–पर्यटनमा टेवा पुु¥याउने उद्देश्यले दिगो हरियाली अभियानलाई निरन्तरता दिन वृक्षारोपण गरिएको काशीभञ्ज्याङ एकीकृत विकास समितिका अध्यक्ष उद्धव बजगाईले उल्लेख गर्नु भएको थियो ।
