काठमाण्डौ, चेतना बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौको १० औँ वार्षिक सभाले शिवप्रसाद चौलागाईको अध्यक्षतामा ७ सदसीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष श्यामकृष्ण बजगाइ, सचिव सुदर्शन घिमिरे, कोषाध्यक्ष रामहरी खनाल, सदस्यहरु रत्नप्रसाद दुलाल, सुनिता तिमल्सिना र प्रेमकृष्ण श्रेष्ठ रहनु भएको छ । भुवनेश्वर खनालको संयोजकत्वमा सागर श्रेष्ठ र राजेश सापकोटा रहनु भएको लेखा सुपरीवेक्षण समिति गठन भएको छ । काठमाण्डौ महानगरीय सहकारी विभागका अधिकृत शिवजी भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण खनालले गर्नु भएको थियो । स्वागत मन्तव्य संसाथका सदस्य सुदर्सन घिमिरेले गर्नु भएको कार्यक्रमको सञ्चालन शालिकराम तिमल्सिनाले गर्नु भएको थियो ।
