IMG-LOGO

साहारा एपको दशैँ अफर

 मंगल, असोज १२, २०७८  --

    काठमाण्डौँ – नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ । महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा रु ५००० जित्ने मैका रहेको छ ।

     असोज १ गते देखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुबैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् । नेपालमा सन् २०१९ देखि राइड शेयरिङ सेवा सुरु गरेको साहार एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सिइओ विशाल जीसीले जानकारी दिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्