IMG-LOGO

अजिमा बचतको १४ औँ वार्षिक साधारण सभा

 मंगल, असोज १२, २०७८  --

     बनेपा, अजिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १४ औँ वार्षिक साधारणसभा संस्थाका जेष्ठ सदस्य रामेश्वरमकै श्रेष्ठको प्रमुख आतिथ्यतामा शानिबार सम्पन्न भयो । संस्थाका सल्लाहकार बालभक्त प्रधानले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कोषाध्यक्ष इभा श्रेष्ठले आर्थिक वर्ष ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णकाजी शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ करोड३२ लाख १२ हजार २ सय शेयर पूँजी संकलन, १६ लाख २४ हजार ३ सय ७० जडेडा कोष, १३ करोड ५७ लाख ९१ हजार २ सय २५ निक्षेप संकलन, १ करोड ६७ लाख ४८ हजार २ सय ४५ ऋण लगानी गरी,२२ लाख ४ सय ४ कर अघिको नाफा कमाउन सफल भएको छ । संस्थाकी प्रवन्ध सञ्चालक सुभद्रा श्रेष्ठले १ हजार १४ शेयर सदस्य रहेको संस्थाले व्यवसाय प्रवद्र्धन,सदस्यहरुको आर्थिक स्तरवृद्धिमा योगदान पु¥याएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्