IMG-LOGO

युनियन लाइफको एजेन्सी मेनेजर सम्मान

 मंगल, असोज १२, २०७८  --

    बनेपा, आर्थिक समृद्धिको लागि बिमा क्रान्ति अभियान, एक घर कमाउने व्यक्ति अनिवार्य बिमा भन्ने उद्देश्यलार्य सफलीभूत बनाउने अभियानका लागि युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमा कार्यलाई सशक्त रुपमा अगाडी बढाएको छ । बनेपामा शनिवार एजेन्सी मेनेजर सम्मान  तथा उत्प्रेरणा कार्यक्रम आयोजना गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले चुरोट, खैनी, चिया पिउने खर्च बचत गर्न लगाई विमा गर्ने अभियान सञ्चालन गर्न निर्देशन गर्नुभयो । कन्क्रीटबाट शंकरको मुर्ति बनाउन सके जस्तै विमा अभिकर्ताले भविष्यको आर्थिक सुरक्षाका लागि विमा गराउनु पर्ने धारणा राख्नुभयो । विमाबाट गरिबीको अवस्थालाई परिवर्तन गर्न सक्ने तागत विमा अभिकर्तामा हुने हुदाँ डर, त्रास, भय हटाई प्रतिवद्ध भई लाग्न सक्नु पर्ने उहाँको कथन थियो । 

     १२ घण्टा, १२ वर्ष  निरन्तर खटाइ १२ पुस्ताको लागि कमाइ गर्ने गरी गाउँ गउँको घर घरमा विमा अभियान सञ्चालन गरी समृद्धि समाज निर्माण गर्न सकिने कुरा कम्पनीका प्रमुख कार्यकारी कर्णले बताउनुभयो । युनियन लाइफ इन्सयोरेन्स कम्पनी बागमती प्रदेश का प्रमुख हरिप्रसाद ढुङ्गाना, सहायक प्रमुख चन्द्र प्रदिप भट्टराइ एमडी आरटी दामोदर गौतम, एन प्याब्सन काभ्रेका अध्यक्ष राम प्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, कम्पनी एजेन्सी मेनेजर दोर्जे लामा लगाएतले  बिमाको उपयोगिता बारे प्रष्ट पार्नु भएको थियोय । देशभरी २ सय २ वटा शाखा रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २८ लाख जनाको जीवन विमा गर्न सकेको छ । कुल जन संख्याको १७ प्रतिशतले मात्र बिमा गरेका छन् । कम्पनीकी सिनीयर एजेन्सी मेनेजर कौशिला (अलिना) खड्काले भविष्यको लागि आर्थिक जोह गरी जीवन सुखमय बनाउन पवित्र पेशामा आबद्ध भई विमा अभियानमा लागेकोमा आफैँलाई गर्व लागेको बताउनु भयो । कार्यक्रममा आर्थिक समृद्धिका लागि बिमा क्रान्ति अभियान घोषणा गरिएको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. बनेपा क्षेत्रका प्रमुख विक्रम खडकाले गर्नुभएको थियो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्