IMG-LOGO

कौशिखेतीबाट क्विन प्रतियोगितामा विजया

 मंगल, असोज १२, २०७८  --

    कुनै पनि काममा प्रयोग नभएको कौशिको सहि सदुपयोग गर्दै, कौशिमा केही फुल र तरकारीका बेर्ना रोप्न थाल्नु भएकी विजयालक्ष्मी अहिले कौशिखेती बाटै आनन्दीत र खुसि हुनुहुन्छ । एक वर्ष अघिको लकडाउनको सदुपयोग गर्दै उहाँले कौशिमा सिमि, साग, लसुन, बोडी लगायत विभिन्न प्रकारका फुलहरु रोपेर आकर्षक फोटोहरु पठाउँदा कौशि क्विनको प्रतियोगितामा भाग लिइरहनु भएको छ । हलो खबर डट कमको आयोजनामा भएको उक्त प्रतियोगितामा देशभरबाट ७३ जना सहभागि भएका छन् भने काभ्रे जिल्लाबाट ५१ वर्षिया विजयालक्ष्मी मानन्धर एक मात्र हुनुहुन्छ । बनेपा–८ तुल्टिमार्गमा रहेको घरमा व्यवसाय सँगसँगै कौशिखेति प्रति उहाँको अत्याधिक लगाव समेत रहेको छ । समयको सदुपयोग, अर्गानीक तरकारी खानपाई स्वस्थ्य महसुस हुने, हरियाली वातावरणमा काम गर्दा तनाव मुक्त महसुस हुने हुँदा कौशिखेतीबाट आफू सन्तुष्ट भएको मानन्धरको भनाई छ । प्रतियोगिताको विजयीले ५० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार र सान्त्वनाले १० हजार बराबरको कौशि खेतीमा प्रयोग हुने सामाग्री पाउने छन् । काभ्रे जिल्लाबाट कौशि क्विनको लागि आफू एक मात्र प्रतिष्पर्धी भएकोले द्यष्वबथब ःबलबलमजबच(कन्टेष्टेन्ट नम्बर ३४ )को ाबअभदययप एबनभ मा गई फोटोहरुमा लाईक, सेयर र कमेन्ट गरी आफूलाई विजयी बनाइदिनुहुन उहाँले अपिल गर्नुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्