IMG-LOGO

बिन्धवासिनी साकोसको २८ औं क्षेत्रगत साधारण सभा

 मंगल, असोज १२, २०७८  --

     बनेपा÷ काभ्रेपलञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको  विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ७ वटै कार्यालयहरुमा एकैपटक क्षेत्रगत २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्थाले क्षेत्रगत २८ औं वार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।

      कोभिड १९ अर्थात कोरोना भाईरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी २०७८ असोज  २ देखि ९ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न स्थानबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी सोमबार क्षेत्रगत साधारण सभा संचालन गरी क्षेत्रगत निर्णय प्रमाणिकरणका कार्य सम्पन्न गरेको छ ।

     उक्त कार्यक्रममा संस्थाको आ.व. २०७७÷०७८ को संचालक समितिको तर्फबाट सचिवको वार्षिक प्रतिवेदन तथा आ.व. २०७८।७९ को संशोधित र २०७९।८० को प्रस्तावित कार्यक्रम, आ.व. २०७७÷०७८ को संचालक समितिको तर्फबाट कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७८÷७९को संशोधित र आगामी आ.व. २०७९÷८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७७÷०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

     कार्यक्रममा बनेपा क्षेत्रमा अक्ष्यक्ष प्रदिप थापा, खोपासी क्षेत्रमा सचिव रामशरण भण्डारी, पनौती क्षेत्रमा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ, पाँचखाल क्षेत्रमा संचालक सदस्य डोरेन्द्रराज सापकोटा, बानेश्वर क्षेत्रमा संचालक सदस्य राजेन्द्र प्रसाद गुरागाई, भकुण्डे क्षेत्रमा संचालक सदस्य भिम वहादुर के.सी र ढुंखर्क क्षेत्रमा संचालक सदस्य गोविन्द प्रसाद अधिकारीको आतिथ्यता र संचालक सदस्य पुनन घिमिरे, देवकी हुमागाई, निर्मला दाहाल र भवनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं प्रतिनिधि सदस्यहरुकोे सहभागीता रहेको थियो ।   

     संस्थाले वित्तीय कारोबार आलावा सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा,  पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकारी कार्यक्रममा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान,  अन्तर्राष्ट्रिय स्तरमा ऋग्ःक्ष् ब्धबचम , ब्ऋऋभ्क्क् क्ष्खिभच द्यचबलम, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८, ऋचभमष्त गलष्यल यगतकतबलमष्लन भहभअगतष्खभ ब्धबचम द्दण्द्दज्ञ  का वारेमा जानकारी गराईएको थियो ।

     उक्त संस्थाको २८औं वार्षिक साधारण सभाको निर्णय प्रमाणितकरण भेला तथा समापन कार्यक्रम  असोज १३ गते बनेपा पार्टी भेन्यूमा सम्पन्न हुने कुरा संस्थाका प्रमुख व्यवस्थापक केवी लामाले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्