योङ कम्युनिष्ट लिग नेपाल काभ्रेको पाँचखाल दास्रो नगरसम्मेलन बिहिबार सम्पन्न भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त सम्मेलनले उग्रराज तामाङको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति गठन गरेको छ । उपाध्यक्षहरु सूर्य तामाङ, मदन विक, अरुणा सेवा, सचिव विक्रम विक, कोषाध्यक्ष रामकुमार विक, सहसचिव कृष्ण पराजुली, लक्ष्मी मिजारर जनार्दन आचार्य रहनु भएको छ । त्यस्तै गरी सदस्यहरु असिम तामाङ, छेवाङ तामाङ, सूर्य तामाङ , निरञ्जन विसुन्खे, भरत शिवभक्ती, दिपेन्द्र सापकोटा, पुरुषोतम कोइराला लगायतको ४१ जनाको कमीटी गठन गरेको छ । कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमीटी सदस्य जोगवहादुर महरा, पूर्व श्रमराज्य मन्त्री गोविन्द नाथ उप्रेती, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज सूर्यमान दोङ, सह इन्चार्ज दिनधान गौतम, जिल्ला संयोजक रुकु चौलागाइ, प्रदेश कमिटी सचिवालय सदस्य तेजबहादुर मिजार, बागमती प्रदेश सांसद रत्न ढकाल लगायतको आतिथ्यता रहेको थियो । युवा नगर संयोजक उग्रराज तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
