IMG-LOGO

विश्व मुटुरोग दिवसमा मुटु बचाउ अभियान

 मंगल, असोज १२, २०७८  --

     नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा तथा विभिन्न सहयोगी संस्थाहरु संग समन्यन गरी विश्व मुटु दिवस २०७८ साल मा मुटु बचाउ अभियानलाई लक्षित गरि मुटु सम्बन्धी ज्येष्ठ नागरिक तथा बाथमुटु रोग सम्बन्धी निःशुल्क मुटु रोग परिक्षण शिविर, महिला स्वास्थ्य सेवक सेविका तथा धामी झाक्रिहरुको लागि मुटु रोग सम्बन्धी अभिमुखिकरण तालिम तथा मुटुमैत्री तालिम सम्पन्न गरिएको थियो । असोज ८ गते भएको महिला स्वास्थ्य स्वएम सेविका तथा धामी झाक्रिहरुको लागि मुटु रोग सम्बन्धी अभिमुखिकरण तालिममा ३० जना स्वंयम सेविका तथा ६ जना धामीझाक्रिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बाल मुटुरोग विशेषज्ञ डा. अनिष जोशी, नेपाल सरकार प्रतिनिधी स्वास्थ्यकर्मी रुपा कर्माचार्य र रोट¥याकट क्लब अफ  काठमाण्डौं विश्वविद्यालय मेडिकल साईन्सका अध्यक्ष पोषण सापकोटा, सर्हस जोशी तथा बनेपा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डा. शम्भु महतो ज्यु ले मुटुरोग  के हो र यस बाट कसरी जोगिने सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्तमा योग प्रसिक्षक सरिता शाक्यले मुटुरोगको लागि उपयुक्त योग अभ्यास गराउनु भएको थियो । कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र, धड्कन स्मारिका पुस्तक तथा हाईजिन किट उपहार प्रदान गर्नु भएको थियो । त्यसै गरि असोज १० गते भएको निःशुल्क मुटु परिक्षण कार्यक्रममा सहभागी जेष्ठ सदस्य तथा बालबालिका गरि ५८ जना बिरामीको परिक्षण तथा उपचार गरिएको थियो । सो कार्यक्रममा बाल मुटु रोग विशेषज्ञ डाक्टर अनिस जोशी,  तथा रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सका एम बि बि एस अध्ययनरत भाई बहिनिहरु तथा रोटरी सामुदायिक संघ पिपलचौर र पतन्जली योग समिति को सहयोगमा सपन्न भएको थियो । यसै गरि असोज ११ गते गृहीणी महिला तथा होटल रेस्टुरेन्ट मा काम गर्ने सेफ कर्मचारीको लागि मुटु मैत्री खाना पकाउने तालिम को आयोजना गरिएको छ । कार्यक्रमको सहजिकरण सहयोग र सरोकार धुलिखेलका निर्देशक एवम नेपाल हृदय रोग निवारण प्रतिस्ठान काभ्रे शाखाको सदस्य राम प्यारी बज्राचार्यले गर्नु भएको थियो ।

्   नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाद्धारा यस विश्व मुटु दिवसको अवसरमा हरेक वर्ष यस्तै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र आगामि दिनहरुमा पनि यस्तै मुटु सम्बन्धि कार्यहरु गर्दै जाने प्रतिबद्धता यस संस्थाका अध्यक्ष अशोक कुमार श्रेष्ठले गर्नुेभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्