IMG-LOGO

उग्रतीर्थ साकोसका शान्तमणि गोल्डमेडलद्वारा सम्मानित

 मंगल, असोज १२, २०७८  --

    काभ्रे (बनेपा) – उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा सम्पन्न भएको छ । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा (आइतबार) बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष माहोन गजुरेलको सभाध्यक्षतामा, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधानका लागि निति निर्माण गर्न आफूले पहल गर्ने बताए ।

     सञ्चालक समितिका अध्यक्ष मोहन गजुरेलले साकोसलाई नयाँ उचाईमा पु¥याउन नयाँ – नयाँ योजना ल्याई सेयर सदस्यहरूमा उत्साह ल्याउने बताउनुभयो । लामो समय देखि संस्थामा योगदान गर्ने समितिका सचिव शान्तमाणी रिजाललाई गोल्ड मेडल तथा कदर पत्रद्वारा सम्मानित गरिएको थियो । संस्थाका सचिव शान्तमणी रिजालले आर्थिक वर्ष २०७७÷०७८को वार्षिक साधारण सभा प्रस्तुत गर्नुभयो ।

     कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको थियो । युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, कोपोरेटिभ म्यानेजर क्लब (सिएमसी)काभ्रे का अध्यक्ष बिबेकराज ठकुरी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त  गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्