IMG-LOGO

सिरानी स्थानमा पाथीभरा मन्दिर निर्माण हुँदै

 मंगल, असोज १२, २०७८  --

पनौती नगरपालिकाको वडा नं ९ गाउँको सिरानी स्थानमा  पाथीभरा मन्दिर निर्माण हुँदै गरेको समाचार छ । “हाम्रो गौरव हाम्रो पौरख हाम्रो सांस्कृतिक धरोहर” पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको उक्त स्थानमा पाथीभरामाता मन्दिर निर्माण स्थानियहरुले गरेका हुन् । मन्दिर निर्माणका लागि बिदेशमा रहेका पनौती –९ का स्थानियहरुले “देविस्थान पाथीभरा सांस्कृतिक समूह“ फेसबुक ग्रुप बनाएर बिचार बिमर्श गर्दै अर्थ संकलन पनि गरिरहेका छन् । उक्त फेसबुक समुहमा जोडिने बिदेशमा रहेका स्थानीयको बिनम्र अनुरोध गर्दै भनेका छन् – देश तथा बिदेश देखि हाम्रो यस कार्यक्रममा जोडिनु भैईरहेको सबै दयालु मन भएकाहरुले मन्दिर निमार्णका लागि सहयोग गर्न अनुरोध गर्दै केहिले रकम दिने  प्रतिबद्धता जाहेर गरेका छन् । देविस्थान पाथिभरा सांस्कृतिक संरक्षण तथा निर्माण कार्यक्रममा हालसम्म रकमा जम्मा गर्नेहरु १.बिष्णु कुवर (अमेरिका)नगद १ हजार डलर  ( रु एक लाख १८ हजार ) २.लभ जोडि (अमेरिका) =नगद रु १६७३० ३.सेनानि दमन के सि = नगद ५० डलर  ४.प्रकाश श्रेष्ठ (उचबपबकजबलतष्)(दक्षिण कोरिया)=नगद रु ३००० ५.रामशरण थापा (सुन्थान )=नगद रु १००००  ६.बालकृष्ण खत्री (देबिस्थान )=नगद रु २००० जम्मा भएको छ ।

     हाम्रो यस अभियानमा ध्रुव कुंवर पनौती नौविसेफाट ,सहकुल खत्री अमेरिका , जनक बिरबिक्रम शाहदेव अमेरिका ,गुल्मि शान्तिपुरबाट जाग्रृत क्षेत्री  हाल अमेरिका लगायत थुप्रै सहयोगको हामिलाई प्रतिबद्धता आएका छन् आएका सामाजिक आर्थिक र भौतिक सहयोगी मनहरुमा हार्दिक नमन भन्दै उत्त अभियानका संयोजक सेफ लक्ष्मण सापकोटाले –धेरै धेरै धन्यबाद त्यस्ता दयालु हृदय भएका मानिसहरु लाई जसले दान, धेरै सम्मान र म बाट माया गर्ने सबै दाताहरु को लागी जो मेरो शब्दहरुमा विश्वास गरेर दान गर्न को लागी सहयोगी हात को रूप मा अगाडि आउनुहुन्छ, मेरो बोर्ड सदस्यहरु लाई मेरो टीम र मेरो प्रिय आदरणीय जनता लाई धेरै धेरै धन्यवाद। दान समय छोटो समय को लागी अन्त्य हुने छ किनकि हामी आफ्नै संगठन को खाता बनाउन जाँदैछौं , भनेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्