नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड असोज ७ गते बिहिबार काभ्रे आए । वाइसिएलको दोश्रो सम्मेलन उद्घाटन गरे । युवाहरु सामु जोसिलो भाषण गरे । काभ्रे र काभ्रेली जनता प्रति आफ्नो प्रगाढ सम्बन्ध रहेको बताए । संयोग पनि कस्तो प्रचण्ड सबै भन्दा पहिला पल्ट पनि बिहिबार नै काभ्रेको पनौतीमा (लक्ष्मन्सुन्दर शैंजुको घरमा) २०४७ पुस २६ गतेका विहिबारका दिन भूमिगत रुपमा आएका थिए । त्यतिबेला मिनी डपÞmर चढेर उनी तिर्थ गौतम र कितिमानका साथ् पहिलोपल्ट काभ्रेका भुमि टेकेका थिए । त्यतिवेला उनको नाम कमरेड विश्वास थियो । अत्यन्तै सरल र चिटिक्क लुगा लगाउने प्रचण्ड, तत्कालिन नेकपा एकता केन्द्रका उनी महासचिव थिए ।
२०३६ साल अगाडि तत्कालिन नेकपा चौम तत्कालिन माले भन्दा काभ्रेमा ठूलो पार्टी थियो । तत्कालीन चौममा वाइसीएलका केन्द्रीय अध्यक्ष उनै प्रचण्ड थिए । चौम काभ्रेमा कांग्रेस भन्दा पनि ठूलो र संगठित पार्टी थियो । २०३९ सालमा चौम विभाजन भएर नेकपा मशाल बन्यो । पार्टी संगठनमा लागेका धेरै युवा निस्कृय भए । तर पनि चौमका अगाडि नेकपा माले बाराबार स्तरमा थिएन तर प्रचण्डको पार्टी नेकपा मसाल काभ्रेमा माले चौम र कांग्रेस पछि चौथो स्थानमा थियो । २०४७ मा पुग्दा चौम र मसाल एकता गरेर नेकपा एकता केन्द्र बन्यो । २०४८ सालको आम चुनावमा एमाले र एकता केन्द्र (जनमोर्चा) विच बामगठबन्धन भयो । काभ्रेका तीन सिट मध्ये एमालेको २ सिट र जनमोर्चाले १ सिट जितेको थियो । २०५१ मा पुग्दा एकता केन्द्र फुटेर नेकपा माओवादी बन्यो । माओवादीले चुनाव वहिस्कार ग¥यो । युद्धमा गयो, धेरै युवाहरु मृत्यु वा मुक्ति भन्दै युद्धमा होमिए । डराउने माओवादी नेताहरु एमालेमा पसेभ । केहि निस्कृय बसे । युद्धमा लाग्न प्रेरित गर्ने उनै प्रचण्ड थिए । प्रचण्डका दाहिने हात यानप्रसाद गौतम (आलोक) थिए । आलोकका प्रिय सूर्यमान दोङ (लालध्वज), चलाकसिंह दोङ, गंगावहादुर दोङ (बमध्वज), रक्तिम लामा, कृष्णबहादुर विष्ट (रसकमल), बुद्धिलाल श्रेष्ठ (धर्म), रुकु चौलागाई (रचना), दिननाथ गौतम (प्रयास), तेजवहादुर मिजार (विकास), मिनबहादुर तामाङ (लेकाली), बुद्धिमान तामाङ, रणबहादुर बोहोरा, गणेश चौलागाई, फतबहादुर स्माली मगर, कृष्ण बहादुर मगर (जिविआले) लगायत नेताहरुले विद्रोहमा सामेल भए जसलाइई माओवादीले जनयुद्ध भन्दै आएको छ । पछि माओवादी हुनेहरु विभिन्न चरित्रका भए कोही अभावमा, कोही दवावमा र कोही प्रभावमा परेर धेरै माओवादी बनेका थिए । रसकमल, लेकाली, धर्म लगायत सय भन्दा बढी नेता, कार्यकर्ता द्वन्दमा मारिए । द्वन्दमा कांग्रेस र एमालेका नेता कार्यकर्ताका साथै सर्वसाधारण जनता पनि मारिए ।
२०६२÷०६३ मा पुग्दा माओवादी ससक्त भएर हस्तक्षेप गर्ने अवस्थामा आएको थियो । २०६४ को पहिलो संविधान सभाको चुनावमा माओवादी सबै भन्दा बढी सिट ल्याएर ठूलो पार्टी भयो । काभ्रेमा ४ सिट मध्ये ३ सिटमा माओवादीले जित्यो । केन्द्रमा प्रचण्ड र बाबुराम मिलेर सरकार बनाएता पनि सरकार चलाउने अनुभव नभएको र जितले मातिएको माओवादी शान्ति प्रकृया पछि माओवादी, माओवादी पार्टी जस्तो रहेन । माओवादीहरु मध्ये धेरै खाओवादी बने । जनयुद्धबाट मनोयुद्धमा फसेको माओवादी टुक्राटुक्रा भयो । २०७० को दोस्रो संविधान सभामा पुग्दा माओवादी तेस्रो शक्तिमा खुम्चियो । किरण, विप्लब, बाबुरामले प्रचण्डलाई छोडे । प्रचण्ड झन अस्थिर भए । स्थानिय चुनावमा कहिले कांग्रेसलाई बोके कहिले के कहिले के अस्थिर राजनीति गरे । एमालेका ओलीले प्रचण्डको अस्थिरतालाई बुझेर लोभ देखाए । म मरे पछि तपाई नै प्रधानमन्त्री हो, ओलीले प्रचण्डलाई भन्दा सजिलै फकिए । पार्टी स्तरमा वृहत छलफल नगरी एमाले सँग प्रचण्ड टाँसिए । ओलीले आफु छिट्टै मर्छु तपाई नेता बन्नु हुन्छ भनेर प्रचण्ड कुर्दाकुर्दै न त ओलीले भने जस्तै भयो न त प्रचण्डले सोचे जस्तै भयो । अनि प्रचण्डले बखडा झिके गाँठी कुरो यही हो । अहिले ओली र उनको पार्टी एमालेलाई सत्तोसराप गरेर दिनहुँ युवा र नवजवानहरुलाई अल्मलाउने काम प्रचण्डले गरेका छन् । उता ओलीले त्यस्तै प्रचण्ड र माधन नेपाललाई सत्तोसराप गरेका छन् । प्रचण्ड पाँचखालमा आउँदा युवाहरुलाई उकास्दै भने – यी प्रतिगमनकारी, प्रतिकृयाबादीहरुले माओवादीलाई हेप्ने , तर्साउन खोज्ने ? गुण्डाहरुलाई ठोक्नुहोस , भ्रष्टाचारीलाई ठोक्नुहोस । जाली फटाहाहरुलाई चैनसंग बस्न नदिनुहोस , जनता माझ जानुहोस । तपाईहरु नडराउनुस , आईलाग्ने माथि जाई लाग्नुहोस । जो डरगया ओ मरगया भनेर युवाहरुलाई प्रतिरोध गर्न उक्साए । यसरी नै उनले उक्साउने क्रम जारी छ ।
