IMG-LOGO

अमर सर रहनु भएन

 मंगल, असोज १२, २०७८  --

     काभ्रे जिल्लाको शैक्षिक नक्षत्र शिक्षासेवी ७६ वर्षीय अमरनाथ योगोल श्रेष्ठको २०७८ असोज ८ गते निधन भएको छ । सञ्जीवनी नमुना माध्यामिक विद्यालयमा ४० वर्ष शिक्षण सेवा गर्नु भएका अमर शरले अवकास पछि धुलिखेल सञ्जीवनी कलेज सञ्चालन गरी संस्थापक क्याम्पस प्रमुख भइ कार्य गर्नु भएको थियो । ४वर्ष देखि मुटुरोगबाट ग्रसित अमरनाथ योगोल प्रेसर र स्वास प्रस्वास सम्बन्धी र दम रोगले धेरै च्यापे पछि दुई महिना देखि सिभिल अस्पताल बानेश्वर काठमाण्डौमा उपचार गर्न लगिएको थियो । उपचार सफल हुन नसके पछि शुक्रबार अस्पतालमै निधन भएको थियो । स्वर्गीय अमरनाथ योगोलका एक श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । शिक्षासेवी अमर सरप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभ्रेटाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्