नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको बिहीबार अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेपाली काङ्ग्रेसको सरकारले एमसीसी सम्झौतामा सही गरेर गल्ती गरेको र अमेरिका रिसाउला भनेर फेरि गल्ती दोहो¥याउनु हुन्न भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य नारायण बहादुर दुवाल, मजदुर दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक उद्धव सुजखुले नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानको सभापतित्वमा भएको अनलाइन अन्तरक्रिया कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, मुना तामाङ, ज्ञानेन्द्र डंगोल, सुशील शाही, राजु तामाङलगायतले बोल्नुभएको थियो ।
