IMG-LOGO

सितोरियो कराँते संघ काभ्रेको रक्तदान

 मंगल, असोज ५, २०७८  --

  नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम शनिबार बनेपामा सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रेफ्री, नेपाल कराते महासंघका राजेन्द्र कपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ६० भन्दा बढी ब्यक्तिले रक्त दान गरेका थिए । नेपाल सितोरियो कराते संघ काभ्रे जिल्ला अध्यक्ष प्रताप वैद्यले रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउन रक्तदाताहरुको योगदानप्रति सम्मान व्यक्त गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।    नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल सितोरियो कराते संघ काभ्रेका उपाध्यक्ष नवराज मानन्धर, नेपाल सितोरियो कराते संघ काभ्रेका सह–सचीव कबिर कुमार रंजितकार, महासचिव श्याम सुन्दर, सचीव गौतम मानन्धर लगायत युवाहरुको सकृय सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा र इन्ट्राक्ट क्लव अफ नेपाल पुलिस स्कुलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्