IMG-LOGO

टिकटकबाट डेढ करोड

 मंगल, असोज ५, २०७८  --

     कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्माले डेढ करोड कमाएको दाबी गरेका छन् । अंशु बर्मा  टिकटक प्रयोगकर्ताका बीच परिचित नाम हो । अभिनय कलाले नभई टिकटकमा लाइभ गरेर उनी परिचित भएका हुन् । सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे। ‘सुरुमा त टिकटक लाइभबारे जानकारी नै थिएन, अभिनय कला मात्रै प्रस्तुत गर्थे,’ एक अन्तर्वार्तामा बर्माले भनेका छन्, ‘तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको हुँ । लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी थिएन् । तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको छु ।’

     उनले १४ महिनामा टिकटक लाइभबाट मात्रै डेढ करोड कमाएको दाबी गरे। ‘टिकटककै आम्दानीबाट कञ्चनपुरमा घर किनेको छु,’ उनले अगाडि भनेका छन्, ‘गाडी पनि किनेको छु । अनि छिट्टै काठमाडौँमा घर किन्ने योजना छ।’ टिकटकबाट भइरहेको आम्दानी सामाजिक कार्यमा पनि लगाएको बर्माको अनुभव छ। उनले कञ्चनपुरका अनाथालय र वृद्धाश्रममा पटकपटक आर्थिक सहयोग गरेको बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्