दाप्चा (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. १० का किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र उवतरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाm उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले किसानलाई कृषि यन्त्र वितरण गरेका थिए ।
कार्यक्रममा वडाका ८१ जना किसानलाई नमोबुद्ध नगरपालिका र वडा नं १० बाट ट्रयाक्टर, स्प्रे पम्प, च्याफ कटर (भुसा काट्ने मेसिन), कुटानी तथा पिसानी मिल लगायतका यन्त्र वितरण गरेका हुन् । वडाका २६ जना किसानलाई पिसानी मिल तथा १ जना किसानलाई कुटानी मिल अनुदानमा वितरण गरिएको छ । यस्तै च्याफ कटर १९ वटा, स्प्रे पम्प १४ वटा, मकै छोडाउने मेसिन १३ वटा, ट्याक्टर ७ वटा, पानी तान्ने ठूलो मेसिन एकवटा वितरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोल्नु भएको थियो ।
