IMG-LOGO

एक्सप्रेस साकोसको तेह्रौ वार्षिक साधारण सभा

 मंगल, असोज ५, २०७८  --

     एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थालिले साधारण सभा संचालन सम्बन्धि निर्देशनको बुँदा नं. ४ लाई पालना गर्दै संस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामा लगायत समिती उपसमितीहरुको उपस्थिीमा २०७८ भाद्र १७ गते देखि २३ गते सम्म संस्थाको कार्यालयमा नै सामाजिक दुरी कायम गरि सदस्यहरुलाई बार्षिक प्रगती पुस्तिका उपलब्ध गराउँदै तथा अन्तरक्रिया गर्दै ७ दिन सम्मको अवधि सम्म १६०७ जना सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न गरेको छ ।

     संस्थाले २२.७२ करोडको सम्पत्ति तथा दायित्वमा पुग्न सफल भएको छ । संस्था संस्था गत लगायत अन्य कोष बृद्धिमा ४.९४ प्रतिशत पु¥याउन सफल भएको छ । बचत तथा ऋणमा १७.६६ करोड बराबरको कारोबार भएको छ भने कर्जा नोक्सानी ब्यबस्थाम जम्मा ऋण लगानीको ५% अर्थात ८८.३४ लाख बराबर ब्यबस्था गर्न सफल भएको छ । यस आ.व.मा संस्थाले ५९ लाख २७ हजार बचत गर्न सफल भएको छ । संस्थाको अन्य करहरु बाहेक नाफाबाट मात्र करमा योगदान ३.०४ लाख बराबरको रहनेछ । वित्तिय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीयस्त्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्