पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १५ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र जिल्ला सहकारी संघ लि.काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । पूर्व अध्यक्ष एवं सल्लाहकार, संचालक समिति, लेखा समितिले कार्यक्रम गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष सन्तोष कुमार घिमिरेद्धारा संचालन गर्नभएको, स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले गर्नु भएको थियो । प्रवन्धक नवराज सापकोटा, प्रमुख सल्लाहकार नवराज के. सी.ले यो विषम परिस्थिती र साधाराण सभाको गरिमा माथि प्रकाश पार्नु भएको थियो ।
आर्थिक वर्ष २०७७।७८ मा पिपुल्स साकोसमा आवद्ध ५५८८ सदस्यहरुले संस्थाबाट उत्पादित १६ प्रकारका बचत योजनाहरुमा सहभागी भई निरन्तर बचत गरिरहनुका साथै ५५० जना शेयर सदस्यले विभिन्न शिर्षकमा ऋण प्राप्त गरी उद्देश्य अनुरुप आप्mनो उद्यम, व्यापार व्यवसाय संचालन गरी आर्थिक उपार्जनमा ऋण रकम उपयोग गरेका छन् । हाल ११ जनाको संचालक समिति, लेखा समिति, १० वटा उप–समिति, २ वटा कार्यदल र १४ जना कर्मचारीहरुले सेवा प्रदान गरिरहेको यस संस्थाको रु.२,५७,८२,९००।–को शेयर पूँजी, रु.२२,४०,३३,५००।०१ निक्षेप संकलन, रु.२०,१७,९४,६३७।– कर्जा लगानी, रु.१,७५,९१,१०६।–को विभिन्न कोषहरु र वासलात रु. २७,२०,१३,८३४।४५ रहेको छ ।
