शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल ९ल्ऋभ्–ल्भउब०ि जिल्ला शाखा चितवनको आज असोज ३ गते संविधान दिवसको दिन एक कार्यक्रम बीच छैटौं साधारणसभा सम्पन्न भएको छ । जिल्ला संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा आयोजना भएको साधारण सभामा सचिव कमलराज खनालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।आर्थिक बर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन अभियानकी कोषाध्यक्ष अनिता नेपालीले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि सभासदहरुको व्यापक छलफलपछि सामान्य संशोधन सहित पारित भएको छ । रामेश्वर पुस्तकालयका अध्यक्ष एवम् अभियानका कार्यसमिति सदस्य बालकृष्ण थपलियाले लगाएतले बोल्नु भएको थियो ।
चितवन पोष्ट दैनिकी का प्रतिनिधि एवम् अभियानका सदस्य किशोर खनालले पत्रकारले सार्वजनिक शिक्षाको गुणस्तरीयता र यसमा समयानुकूल प्रविधि मैत्री बनाउन कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो । दियालो परिवार नारायणगढ का अध्यक्ष ईन्जिनियर सुरेश खनालले ल्ऋभ्–ल्भउब िका हरेक क्रियाकलापमा सकरात्मक र सिर्जनात्मक सहयोग गर्न दियालो परिवार तयार रहेको बताउनुभयो । एनसिई नेपालको असोजको तेस्रो हप्ता हुने केन्द्रीय १२ औ साधारणसभाको लागि जिल्ला संयोजक रामचन्द्र आचार्य र कोषाध्यक्ष अनिता नेपालीलाई प्रतिनिधि छनौट समेत गरेको सचिव कमलराज खनालले बताउनुभयो ।
