बनेपा , नीजि तथा आवशीय विद्यालयको छाता संगठन प्याब्सन बनेपाको दोश्रो अधिवेशनबाट कुमार मानन्धरलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष महेन्द्र विष्ट, सचिव शरण मानन्धर, कोषाध्यक्ष जेन बादे र सदस्यहरु अनिता प्रजापती, नारायण जोशी र ताज प्रसाद पुरिया रहेका छन् । त्यस्तै गरी प्याब्सन पनौती नगर समतिको दोश्रो अधिवेशनले न्युराइजीङ बोडिङ स्कुलका प्रिन्सिपल विमल न्यौपाले निर्वाचित हुनुभएको छ । विहिबार पनौतीमा सम्पन्न अधिवेशनले सचिवमा भक्त महत, कोषाध्यक्षमा पुष्पराज बोलखे, सदस्यहरु रमेश राजलवट रहनु भएको छ । नीजि तथा आवसीय विद्यालय नेपाल प्याब्सनका केन्द्रिीय सचिव भिमसेन केसीको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य सत्यनारायण श्रेष्ठ, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, पनौती प्याब्सनका सल्लाहकार सूर्यप्रसाद लाकजु लगाएतको आतिथ्यता रहेको थियो । बनेपा नगरपालिका क्षेत्र भित्रका ३० वटा विद्यालयहरु प्याब्सन बनेपामा आवद्ध रहेका छन् भने पनौती प्याब्सनमा १६ वटा विद्यालयहरु आवद्ध रहेको छन् ।
