धुलिखेल नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमीटीको दयासागर श्रेष्ठको अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा सञ्जिता तामाङ, सचिव यादव कोइराला र उपसचिवमा टिका प्रसाद हुमागाई रहनु भएको छ । नगर कमिटीमा पदाधिकारी सहित ९१ सदस्य रहेको छ । उक्त भेलाले विभिन्न जनवर्गीय संगठन समेत गठन गरेको छ । आत्माराम पोखरेलको अध्यक्षतामा १४ सदसीय किसान महासंघ गठन गरेको छ ।
शैलेन्द्र पराजुलीको अध्यक्षतामा ३० सदस्यीय युवा संघ नेपाल धुलिखेल नगरसमिति त्यस्तै सानुभाइ विकको अध्यक्ष रहेको ९ सदस्यीय जातिय उत्पिडत मुक्ति समाज, शिवमन्दील श्रेष्ठको अध्यक्ष रहेको ७ सदस्यीय धुलिखेल काठमाण्डौ समपर्कमञ्च, गोविन्द कुइकेलको अध्यक्ष रहेको १२ सदस्यीय अनेरास्वावियु नगर कमिटी गठन गरेको छ ।
उक्त भेलामा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमीटी सदस्य बेदुराम भुसाल केन्द्रय प्रतिनिधि कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल बसुनधरा हुमागाइ, बागमती प्रदेशका सदस्य मुकुन्द गौतम, जिल्ला पार्टी सचिव दिपक गौतम युवा संघ नेपाल केन्द्रीय सचिव भेषराज शाह अनेरास्ववियु काभ्रेका अध्यक्ष बदन भण्डारी लगायतको आथित्यता रहेको थियो ।
