कुन्तावेसी, नेपाल कम्युनिष्ट पार्टी एमाले मण्डन देउपुरको विस्तारित बैठक पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य एवं काभ्रे इञ्चार्ज गोकुल बास्कोटाको प्रमुख खातिथ्यतामा सम्पन्न भयो । नगर इञ्चार्ज विदुर सापकोटाले सँगठन विस्तार र भावि कार्य योजना प्रस्तुत गर्नुभयो । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोककुमार व्याञ्जु, बागमती प्रदेश सदस्यहरु नारायण बाँनिया, केदार नेपाल, विमला आचार्य, जिल्ला सदस्यहरु रिता ढकाल, कुमार भट्टराई, रुद्रबहादुर तामाङ, मण्डन देउपुर वडा नं ४ का वडा अध्यक्ष भुवन बजगाई, नगर सचिव शेरबहादुर डोटेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
