IMG-LOGO

स्वतन्त्रताको हनन हुने ऐन आउँदैनः अर्थमन्त्री शर्मा

 मंगल, असोज ५, २०७८  --

     नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको प्रथम राष्ट्रिय सम्मेलन धुलिखेलमा शनिवार सम्पन्न भएको छ । दुई दिने सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्रि जनार्दन शर्माले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने जानकारी दिनुभयो । लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वतन्त्रताको पक्षमा काम गर्ने उहाँको भनाई छ । १२ वटा पत्रकार संघको साझा फोरम एसोसिएट प्रदेशको प्रथम राष्ट्रिय सम्मेलनका अतिथि नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकार आचार संहिताका बारेमा प्रशिक्षण दिनुभएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, एसोसिएटका संस्थापक अध्यक्ष केपी ढुंगाना लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा विभिन्न विधामा काम गर्ने पत्रकारहरुलाई सम्मान गरिएको थियो । जसमध्ये चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकूद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्कीलाई सम्मान गरेको छ । त्यस्तै पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरीएको थियो ।    एसोसिएटमा आवद्ध खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, चलचित्र पत्रकार संघ, पर्यटन पत्रकार मञ्च, फोटो जर्नालिष्ट क्लब, पत्रकारिता विकास समाज, एभरेष्ट प्रेस क्लब, कार्टुनिष्ट क्लब, चलचित्र समिक्षक समाज, अनलाईन पत्रकार संघ, पत्रकारीता अनुसन्धान तथा तालिम समाज, दक्षिण एसीयाली पत्रकार मञ्च लगायत १२ संस्थाका प्रतिनधिहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, सचिव कपिल कोइराला, काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चका अध्यक्ष सचित खड्काले उपस्थित सबैलाई स्वागत गर्नुभएको कार्यक्रम एसोसिएटका अध्यक्ष बैकुण्ठ पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्