IMG-LOGO

तोकिएकै मितिमा अधिवेशन : आचार्य

 मंगल, असोज ५, २०७८  --

     नेपाली काँग्रेसको काभ्रे जिल्ला अधिवेशन केन्द्रले तोकेकै मिति अनुसार हुने भएको छ । आइतबार काभ्रे कांगे्रसको आप्mनै भवनमा पहिलो पल्ट आयोजित पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति मधु आचार्यले भने– हाम्रो कुनै मतभेद छैन ।

कांगे्रसका केहि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा लगाएको ताला खोले पश्चात, बैठक सम्पन्न पछि आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै सभापति मधुप्रसाद आचार्यले नबिकरण रोकिएका, छुटेकाहरुको सदस्यता ल्याउन सबै एकजुट भएर लाग्ने सहमति भएको बताउनुभयो । काँग्रेसले सबै कुरामा सहमति जनाएको र तोकिएकै मितिमा चुनावी कार्यक्रम शुरु गर्ने भएको छ । तत्कालिन मधेशी जन अधिकार फोरमबाट आएका सदस्यहरु मध्ये ७६ जनाको नाम नबिकरण सूचिमा समावेश नभएको तथा जिल्लाका विभिन्न वडाका छुटेका क्रियाशिल सदस्यहरुको नाम समावेश नभै काभ्रेमा निर्वाचन गर्न नसकिने भन्दै ताला लगाइएको थियो ।

     पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईले पत्रकार सम्मेलनमा भन्नु भयो – हाम्रो माहाधिवेशन एमालेलाई लागेको छ । एमालेका नेता, कार्यकताहरुले नेपाली कांग्रेसको आन्तरीक राजनीतिमा पस्ने, टिका टिपनी गर्ने जस्ता भूल नगर्न चेतावनी दिनुभयो ।

     पत्रकार सम्मेलनमा नेता तिर्थ पसखल, उपसभापति अच्युत पौडेल र गोविन्दबहादर थापा, सचिव दिनेश लामा, सहसचिव इश्वरी ओझा, प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति तिर्थ लामा, क्षेत्रीय सभापति महेश खरेल, क्षेत्रीय सभापतिहरु रमेश हुमागाई, विदुर घिमिरे, राम लामा, प्रदेश सभा उम्मेदवार गणेश लामा, सुन्दरमणी आचार्य, काँग्रेस जिल्ला प्रवक्ता महेश पौडेल लगायतको उपस्थिति रहेको थियो । काभ्रेमा यहि असोज ५ गते वडा अधिवेशन, असोज ९ गते गाउँ÷ नगर, असोज १२ गते प्रदेश क्षेत्र, असोज १५ प्रतिनिधिसभा क्षेत्र, असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । काभ्रेका १३ वटा स्थानीय निकायमा १९ हजार १० जना क्रियाशिल सदस्यता रहेको जसमध्ये वडा पदाधिकारीमा १ हजार ८० जना, वडा सदस्यमा २३ सय ९५ जना, पालिकाहरुको पदाधिकारीहरु १ सय ४ जना, कार्यसमिति ६ सय ७५ जना र क्षेत्रिय प्रतिनिधि २५ सय जना निर्वाचित भएर आउने नेपाली कांग्रेस काभ्रेका प्रवक्ता महेश पौडेलले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्