IMG-LOGO

सामुदायिक साकोस कुशादेवी सेवाकेन्द्रको ११ औं स्थापना दिवस

 मंगल, भदौ २९, २०७८  --

     सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखालमा मुख्य कार्यालय रहेको पनौती न.पा वडा नं. २ मा अवस्थित कुशादेवी सेवाकेन्द्रको ११ औं स्थापना कार्यक्रम अनौपचारिक रुपमा सन्चालन भई सम्पन्न गरिएको छ ।

     संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, लेखा संयोजक हरि प्रसाद तिमल्सिना, पनौती न.पा वडा नं. २ का वडा अध्यक्ष पुरुषोतम अधिकारी, संचालक सदस्य रामकृष्ण घिमिरे, लेखा सुपरिवेक्षण समित सदस्य मिना श्रेष्ठ, कुशादेवी सेवाकेन्द्र संचालन तथा ब्यवस्थापन उपसमिति संयोजक चित्रबहादुर थापा, सह संयोजक लक्ष्मण हुमागाई, सदस्यहरु चन्द्र प्रसाद गौतम, नारायण सापकोटा, संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्याम सुन्दर श्रेष्ठ, बचत अधिकृत भक्त बहादुर श्रेष्ठ, ऋण अधिकृत योग बहादुर सापकोटा, असुली अधिकृत उज्जल सापकोटा, बनेपा सेवाकेन्द्र प्रमुख विकास खड्का, कुशादेवी सेवाकेन्द्र प्रमुख नवराज श्रेष्ठ, सहायक खजान्ची शोभा लामा, पूर्व कर्मचारी शुस्मा घिमिरे, बजार प्रतिनिधी निर्मला पोखरेल लगाएत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

     सेवाकेन्द्रको वार्षिक उत्वबमा मित्र प्रसाद अधिकारीले साधारण पुजा गर्नुभएको थियो भने प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, लेखा संयोजक हरि प्रसाद तिमल्सिना र वडा अध्यक्ष पुरुषोतम अधिकारीज्युबाट संयुक्त रुपमा केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको थियो ।

     कुशादेवी सेवाकेन्द्र एक दशक पार गरि सेवाको ११ औं वर्षमा प्रवेश गरेकोमा र यो अवस्था सम्म आईपुग्न सबैको साथ र सहयोग प्राप्त भएकोमा कुशादेवी सेवाकेन्द्रको तर्फबाट सम्पुर्ण संचालक समित, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विषयगत उपसमिति, सेवाकेन्द्र संचालन तथा ब्यवस्थापन उपसमिति, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, सेवाकेन्द्र प्रमुख, कर्मचारी वर्ग एवं संस्थाका सम्पुर्ण शेयर सदस्य वर्गहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभायो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्