IMG-LOGO

हरितालिका तिजमा दर खाने कार्यक्रम

 मंगल, भदौ २९, २०७८  --

     नेपाली कांग्रेस महिला विभाग र नेपाल महिला संघ काभ्रेको संयुक्त आयोजनामा हरितालिका तिजको  विशेष  अवसरमा दरखाने कार्यक्रम बुधबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । दरखाने कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पुर्वउद्योग राज्यमन्त्रि एंव नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेले महिलाहरुको सशक्तिकरण, सिप विकास हुन सकेमात्र समान पहुँच पुग्ने बताउनुभयो ।

     राज्यको नेतृत्वदायी भूमिकामा केहि महिलाहरु पुगे पनि त्यो प¥याप्त नभएको भन्दै समान अवसरका लागि महिलाहरु नै जागृत हुनुपर्ने उहाँको भनाई छ ।   नेपाली कांग्रेस महासमिति सदस्य रामकुमार मुल्मि,  कृष्णबुद्ध बजगाई, महाधिवेशन प्रतिनिधि एवं महिला नेतृ जिवना बादे, नेपाली कांग्रेस प्रशिक्षण विभाग सचिव शान्तिरत्न शाक्य, नेपाली कांग्रेस महिला विभाग संयोजक निर्मला श्रेष्ठ, कांग्रेस बनेपा उपसभापति इश्वरी श्रेष्ठ, बनेपा वडा नं ३ का सभापति योगराज दाहाल, वडा नं ४ का सभापति गोपाल श्रेष्ठ, क्षेत्रिय सदस्य महेन्द्र विष्ट, कांग्रेस जिल्ला सदस्य प्रविन धिताल, चन्द्र ढकाल, ने.वि.संघ लगायत भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि सहित महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

     नेपाल महिला संघ काभ्रे सभापति शुभलक्ष्भी मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाचगान सहित महिलाहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्