IMG-LOGO

ज्योति मिर्मिरे सामुहिक साकोसको २२ औँ सभा

 मंगल, भदौ २९, २०७८  --

 

     ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभा सोमबार मुख्य कार्यालय पनौतीको प्रांगणमा सम्पन्न भएको छ । पनौती नगरपालिका नगरप्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा सचिव दिपक प्रसाद दाहालले प्रगति प्रतिवेदन तथा आ.व २०७८÷०७९ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष पूर्णराम तुलाधरले अनुमानित आय व्याय विवरण, लेखा संयोजक भिमसेन केसीले लेखा तथा सुपरिवेक्षण समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ११ हजार ६ सय ६२ शेयर सदस्य रहेको संस्थाको कुल सम्पती ८५ करोड ३८ लाख ५१ हजार २१, ६ करोड ९० लाख ६३ हजार ६ सय कुल शेयर पुँजी, ९ करोड १६ लाख ६६ हजार ६ सय ६६ कुल बाह्य ऋण, २ करोड ३९ लाख ५६ हजार ९ सय ९९ खुद बचत रहेको बताइएको छ । 

     वर्षको उत्कृष्ट ऋणी, बचतकर्ता, शेयर खरिदकर्ता, बाल बचतकर्ता, कर्मचारी, उच्च पदस्थ सदस्य, सहकारीकर्मीलाई सम्मान गरेको संस्थाले सामाजिक क्रियाकलाप, सुशासन, विप्रेषण सेवा, स्वास्थ्य विमा प्रवद्र्धन, सहकारी साक्षरता, पशुवाली विमा लगायत कोभिडका समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ । कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बञ्जारा, वडा नं. ४ का वडाअध्यक्ष  बुद्धसिह थापा, वडा नं ५ का वडाअध्यक्ष श्रीधरपाध्य कुइकेल,वडा नं १२ का वडाअध्यक्ष इश्वरराज जंगम, वडा नं ८ का वडाअध्यक्ष केशव बञ्जारा, पनौती नगरका वरिष्ठ प्रशासकीय अधिकृत  इन्द्रप्रसाद अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, सहकारी अभियन्ताहरु, शेयरकर्ता, सञ्चारकर्मीहरुको उपस्थ्तिि रहेको थियो । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कान्छीमैया थापाले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमकोे सञ्चालन सचिव दिपक प्रसाद दाहालले गर्नु भएको थियो । ६ वटा सेवाकेन्द्र र १ वटा बचत संकलन केन्द्र रहेको संस्थाका सदस्यहरुले मोवाइल बैंकिङ, एसएमएस बैकिङ, डिसहोम रिचार्ज, इन्टरनेट विल भुक्तानी, विद्युत पानीको विल भुक्तानी लगायतका विविध सेवा पाउन सक्नेछन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्