बनेपा, बागमती टिपर व्यवसायी संघ बनेपा काभ्रेले स्थापना दिवसको अवसरमा व्यवसायी बिच अन्तरक्रियाको साथै मानव कल्याण समाज सेवा घर धुलिखेललाई सहयोग गरेको छ । सेवा घरमा आश्रीत रहेका व्यक्तिहरुलाई ३० जोर लगाउने कपडा, ८ वटा खाट र मेटे«स तकीया बागमती टिपर व्यवसायी संघ बनेपा काभ्रेका अध्यक्ष प्रेम लामाले एक कार्यक्रमका बिच सोमबार हस्तान्तरण गर्नुभयो । टिपर व्यवसायीहरुको समस्या र समाधानको लागि आवश्यक पहल कदमी के हुन सक्छ भन्ने सन्दर्भमा व्यवसायी सञ्चारकर्मी र सुरक्षाकर्मी बिच अन्तरक्रिया कार्यक्रम गरिएको कार्यालय प्रमुख प्रकाश कायस्थले बताउनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक एसपी भूपेन्द्र खत्री, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं बागमती टिपर व्यवसायी संघ काभ्रेका मुख्य सल्लाहकार शुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, नेपाल यातायात व्यवसायी ट्रकटिपरका उपाध्यक्ष, बागमती संयोजक नविन प्रजापती, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । निवर्तमान अध्यक्ष शेरवहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन बागमती टिपर व्यवसायी संघ बनेपा काभ्रेका कार्यालय प्रमुख प्रकाश कायस्थले गर्नुभएको थियो ।
