नेकपा (एकीकृत समाजवादी ) पार्टीको बागमती प्रदेश संसदमा दलको सचेतक पदमा बसुन्धरा हुँमागाई नियुक्त हुनुभएको छ । सरल र भद्र नेता बसुन्धरा हुमागाई बाग्मती प्रदेस सभाको सचेतक जस्तो गरिमामय पदमा पुगेकोमा काभ्रेका पार्टी नेता कार्यकर्ता अत्यन्तै खुशी भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले हुँमागाईलाई सरकारको निति तथा कार्यक्रम मस्यौदा तयार गर्न जिम्मेवारी दिएको छ ।
५६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजे
काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाका ५६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालय काभ्रे गएर नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ नेकपा एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । मण्डन देउपुर, पनौती, बनेपा नगरपालिका, भुम्लु र महाभारत गाउँपालिका गरी ११ जना वडा अध्यक्ष, जिल्ला समन्वय समिति काभ्रेका २ सदस्य, विभिन्न स्थानीय पालिकाका ६ जना कार्यपालिका सदस्य ३४ जना वडा सदस्य गरी ५६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मण्डनदेउपुर नगरपालिकाका १ नम्वरका वडा अध्यक्ष लक्ष्मण बास्ताकोटी, ३ नं वडाका अध्यक्ष दिलबहादुर तामाङ, वडा नं. ६ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य, वडा नं. ७ का वडा अध्यक्ष नारयण लम्साल, वडा नं. ११ का अध्यक्ष माधव न्यौपाने रहेका छन् ।
त्यस्तै गरी पनौती नगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द के.सी., पाँचखाल नगरपालिका ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत गाउँपालिका ८ वडाका अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्ण कुमार कार्की र वडा नं. ८ का अध्यक्ष मोतिलाल तामाङ रहेका छन् । त्यस्तै गरी काभ्रेका १३ पालिका मध्येबाट नै ४२ जना वडा सदस्यले नेकपा एकीकृत रोजेका छन् । काभ्रेमा एमालेले ३ सय ४४ सिटमा विजय हाँसिल गरेको थियो । नेपाली कांग्रेसले २ सय २१ र माओवादी केन्द्रले १ सय २१, अन्यबाट ८ जना विजयी भएका थिए । त्यस्तै प्रतिनिधि सभामा एक निर्वाचित र एक समानुपातिक सिट एमालेको रहेको छ । प्रदेशमा निर्वाचित एक समानुपातिक सिट मध्ये दुई निर्वाचित प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ को ‘क’ बाट निर्वाचित लक्ष्मण लम्साल र ‘ख’बाट निर्वाचित बसुन्धरा हुमागाइले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
