IMG-LOGO

६७ वर्षीय पुरुषको निधन

 मंगल, भदौ २९, २०७८  --

    काभ्रेमा सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ११ जना र एन्टिजेन परिक्षणबाट ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

     यसैविच काभ्रेमा कोरोना विरुद्धको खोप लगाउने क्रममा पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख  ४२ हजार १ सय ४६ जना, पुर्ण मात्रा खोप लगाउनेको संख्या १ लाख ५ हजार ७ सय ९७ रहेको बताईएको छ । काभ्रे जिल्लमा सोमबार ६७ वर्षिय पुरुषको कोरोण संक्रमणका कारण मृत्यु भएको छ । सोमबार देश भरी थप १ हजार ४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु र १ हजार २६० संक्रमणमुक्त भएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्