एमसीसी खारेजीको माग गर्दै काभ्रे ६ वटा कम्युनिष्ट पार्टीले अमेरिकी लगानी एमसीसी खारेजीको माग गरेका छन् । उनीहरूले सोमवार विज्ञप्ति जारी गर्दै एमसीसी पूर्ण रुपमा खारेजीको माग गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (माओवादी क्रान्तिकारी), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर एमसीसी खारेज गर्न माग गरेका हुन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष जीतबहादुर लामाले एमसीसी कार्यन्वयन भए राष्ट्रिय विनास हुने भन्दै कदावी स्वीकार्न नसकिने बताएका छन । संसदबाट एमसीसी पारित भए नेपाल रणमैदानमा परिणत हुने उनीहरूको ठोकुवा छ । क्षेत्रीय युद्ध निम्तने तर्फ सचेत गराउँदै उनीहरूले एमसीसीलाई अमेरिका सरकारको विकास ललिपपको संज्ञा दिएका छन् ।
