IMG-LOGO

देउवा पुत्र आउँदा तरंग

 मंगल, भदौ २९, २०७८  --

     नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा आए संगै तरंग उत्पन्न भएको छ । २६ वर्षका देउवाको नाम क्रियाशील सदस्य सूचीमा राखिएको छ । अहिलेसम्म गाउँमा नपुगेका जयवीरसिंहले बुबाको जन्मस्थान डडेल्धुराको गन्यापुरा गाउँपालिका–वडा नम्बर १ बाट क्रियाशील सदस्यता लिएका हुन्। उनको नाम क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेको छ । क्रियाशील सदस्यताका लागि उनको नाम वडाबाटै सिफारिस भएर गएको बताइएको छ ।

     बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंहले अब राजनीतिमा पाइला सारेका छन् । उनलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे पनि छलफल भइरहेको छ । उनी क्रियाशील सदस्य बनेसँगै राजनीतिमा सक्रिय रुपमा आउने देखिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्