नेपाली कांग्रेस बनेपाको वडा अधिवेशन असोज ५ गते हुने भएको छ । काभ्रेमा भदौ १८ गते गाउँ नगर अधिवेशन हुन सकेको थिएन । ५ गते सबै गाउँ नगर वडा अधिवेशन हुँदै छ । गाउँ र नगरपालिकाको असोज ९ गते हुने छ । बनेपा नगर सभापति बन्नलाई शान्तिरत्न शाक्य र महेश कर्माचार्य बीच तिब्र प्रतिष्पर्धा हुँने भएको छ । दुवै नेताहरु यति वेला कार्यकर्ता र सामाजिक संजालमा व्यस्त भएका छन् ।
दुवै नेताहरुले आ–आफ्नो कित्ताका नेताहरुको छाहारी खोजेका छन् । शान्तिरत्न शाक्यलाई जिल्ला सभापति मधु आचार्य , नेता कन्चंचान्द्र बादेको साथ छ भने महेश कर्माचार्यलाई नेका केन्द्रिय सदस्य शिव हुमागाई पक्षको सहयोग रहेको बताईन्छ । कांग्रेसका क्रियाशील सदस्यहरुले भने असोज ९ गते कस्लाई छान्ने हुन् त्यो भने हेर्न बाँकी छ ।
