नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास भए राँको बाल्ने बताएका छन् । हिजो बिरोध प्रदर्शन पछि खुल्ला मञ्चमा आयोजित सभामा सम्बोधन गर्दै चन्दले भने – एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ । हामी एमसीसीलाई कुनै हालतमा पनि लागू गर्न दिने छैनौ ।
सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा मालेका महासचिव सिपि मैनाली, माओवादी क्रान्त्रिकारिका नेता सिपि गजुरेल, बैज्ञानीक समाजवादी पार्टीका अध्यक्ष अहुति लगायतका नेताहरुले सम्बोधन गर्दै एमसीसी नेपालमा अमेरिकी सेना ल्याउने सम्झौता भएको कुरा बताए । यसैगरी हिजो राजधानीको अर्को छुट्टै एक कार्यक्रममा कमल थापा र पशुपति शमसेरले एउटै मञ्चबाट भने ः अब राप्रपा फुट्दैन ।
