IMG-LOGO

युवा बचतको २५ औँ स्थापना दिवस सेवा घरमा

 मंगल, भदौ २२, २०७८  --

 

       युवा बचत तथा ऋण सहकारी संस्था लि.ले २५ औँ स्थापना दिवस मनाएको छ । संस्थाको स्थापनादिवसको अवसरमा धुलिखेलको मानव कल्याण समाज सेवा घरमा आर्थिक रकम सहयोग गरी मनाएको छ । संस्थाका अध्यक्ष उदयराम कायस्थले नगद सहित ६० जोर कपडा समेत सेवा घरलाई सहयोग गरेको बताउनु भयो । अध्यक्ष कायस्थले संस्थाको प्रगति उन्नतीमा साथ दिएर यहाँसम्म ल्याई पु¥याउन शेयर सदस्य संस्थाका संस्थापकहरु, समिति उपसमिति सबै प्रति आभार व्यक्त गर्नुभयो । संस्थाले निरन्तर रुपमा हरेक वर्ष सामाजिक उत्तरदायीत्व अन्तरगत निम्न रुपमा हरेक वर्ष सामाजिक उत्तरदायीत्व अन्तरगत निम्न वर्गलाई आर्थिक सहयोग, कृषकहरुको जग्गाको माटो परीक्षण, कृषि चुन वितरण, सिपमुलक तालिम, नेतृत्व विकास तालिम कमजोर वर्गलाई रिक्सा वितरण, स्वास्थ्य शिविर सञ्चालन गरी सामाजिक कार्य गर्दै आएको प्रमुख व्यवस्थापक निश्चल सापकोटाले बताउनुभयो । संस्थाका सचिव सरोजकुमार तिमल्सिना, सञ्चालक समिति सदस्य देवकी आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

 

  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्