IMG-LOGO

महासंघले दाजुहरुसंग सल्लाह लियो

 मंगल, भदौ २२, २०७८  --

 

       नेपाल पत्रकार महासंघ काभ्रेमा बिभिन्न कार्यकालमा सभापति भएका केही अध्यक्ष र पार्टीका भगिनी सस्थाका उपल्लो तहमा रहेका अनि केही पत्रकारले सल्लाह सुझाव दिएका छन् । उक्त धुलिखेल तालिम केन्द्रमा सम्पन्न भएको कार्यक्रममा सस्थापक सभापति यादव थपलिया सायद महासंघको सदस्य नभएका कारण खबर थिएन। खबर भएका भोजराज  तिमल्सिना र मोतीराम तिमल्सिना सहभागी थिएनन । तीनवर्षे कार्यकालमा अख्तियार गर्ने भावी कार्ययोजना बारे राय सल्लाह सुझाव संकलन गर्न आयोजित कार्यशाला गोष्ठी सफलता पुर्वक भब्य र अत्यन्तै सभ्यरुपमा सम्पन्न भएको कुरा महासंघका अध्यक्ष बद्रि तिमल्सिनाको फेसबुक पोष्टबाट त्यहि  दिन थाह  भयो ।

       फेसबुक पोस्ट अनुसार पुर्व अध्यक्ष दाजुहरु इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, बागमती प्रदेश सदस्य पेमा लामा, सल्लाहकार नवराज बजगाईं, प्रेस युनियनका उपाध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी, रास्ट्रिय टेलिभिजन प्रशारक मंचका अध्यक्ष शंकर अधिकारी, फोटो पत्रकार महासंघका बागमती अध्यक्ष केशबराज पौडेल, काभ्रे रेडियो टेलिभिजन प्रशारक मंचका अध्यक्ष सचित खड्का, काभ्रे अनलाइन मंचका अध्यक्ष ग्याम्जो लामा, आदिवासी जनजाति पत्रकार संघका सचिव इन्द्र बहादुर थापा, तामांग संचार समुहका सचिव इकमान लामा र क्रियाशील महिला पत्रकार समुहकि सचिव सिर्जना लामा सहित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको फोटो पनि पोष्ट भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्