IMG-LOGO

भिमशेन मन्दिरको पुननिर्माण भयोे

 मंगल, भदौ २२, २०७८  --

      नमोबुद्ध स्थित पिपलचौर वडा नं २ मा पिपलचौरको भिमशेन मन्दिरको पुननिर्माण कार्य सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि शहरी विकास तथा भवन निर्माणका महानिर्देशक नवराज प्याकुरेल रहनु भएको थियो । कार्यक्रमको सभापतित्व भिमशेन मन्दिर पुननिमार्ण तथा पिपलचौर एकृकीत नमुना बस्तिका अध्यक्ष मोहन दास श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा पुरातत्वविभागका उपसचिव मोहन सिंङ्ग लामा, रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष तथा रोटरी सामुदायिक परियोजनाका सभापतिश्री अशोक कुमार श्रेष्ठ , नमोबुद्धनगर वडानम्बर २ कावडाअध्यक्ष सन्जिव ढकाल, अतिथि कविराज श्रेष्ठ, मोक्तान कन्सटक्सनका अनिल लामा, रामहरी आर्चाय, इन्दबहादुर दाहाल, दिनेश भुर्तेल,र बासुदेव श्रेष्ठ लगायत सम्पुर्ण कार्य समितिका सदस्यहरु को सक्रिय सहभागिता रहेको थियो ।

       मन्दिर निर्माणपुन ः निर्माण पुरातत्व विभागको तर्फबाट रु. ४६ लाख रकम प्राप्त भएको थियो । भिमशेन मन्दिर नेवार समुदायको अत्यन्त महत्वपुर्ण शक्तिपिठ र रक्षकको रुपमालिने र नेवार समुदायले भिमशेनको पुजा अर्चना गर्ने र भिमाद्वादशिको दिनमा जात्रा निकाल्ने प्रचलन छ । यो भिमशेन मन्दिरको स्थापना जितमान श्रेष्ठ, गजविर श्रेष्ठ द्वारा गरिएको थियो ।भुकम्प पश्चात मन्दिरको संरचनामा क्षति आएको हुदाँ पुरातत्व विभागको सहयोग मार्फत पुनःनिर्माण गरिएको थियो । अझै पनि मन्दिरको परिसरभित्र केहि संरचना थप गर्न बाकि भएकोले स्थानियदाता मन्दिर निर्माणलाई थप पूर्णता दिन हिजो मात्रै रु १,३६,२०५÷– रकमदान गरेका थिए । सो कार्यक्रमलाई रोटरी सामुदायिक संघ पिपलचौरकी अध्यक्ष सबिना श्रेष्ठले संचालन गरेकी थिइन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्