रोटरी क्लब अफ काभ्रे भ्यालीको पदस्थापना भाद्र १९ गते बनेपा स्थित सोपुहिटि इभेन्ट एण्ड रिसेप्सनमा सम्पन्न भएको थियो । सो कार्यक्रममा सभापति रोटरी क्लब काभ्रे भ्यालिका संस्थापक अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गर्भनर सन्ताष रिजालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा अतिथिहरुको रुपमा न्यू क्लब एड्भाईजर कौशल दास, डिस्ट्रिक्ट मेम्बरसिप चियर सुशील रिजाल तथा रोटरी क्लब अफ बालाजुका अध्यक्ष रमेश प्रधान हरुद्धारा आतिथ्यता ग्रहण गर्नुभएको थियो । पदस्थापना कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको पनि उल्लेखनिय उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संचालन रोटरी क्लब अफ काभ्रे भ्यालिका पब्लिक ईमेज चियर सरिता सापकोटाले गर्नुभएको थियो । रोटरी क्लब अफ काभ्रे भ्यालिले आगामी दिनमा स्वार्थ भन्दा माथि सेवा भन्ने भनाईलाई सार्थकता दिदैँ यस काभ्रे जिल्लाभरि स्वास्थ्य, शिक्षा कृषि, तथा वातावरणीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने कुरा रोटरी क्लब अफ भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठले कार्यक्रममा बताउनु भएको थियो । रोटरी क्लब अफ काभ्रे भ्यालिलाई विभिन्न देश विदेशबाट रोटरियन व्यक्तित्वहरु तथा विभिन्न क्लबले सफलताको शुभकामना भिडियो संदेश पठाउनु भएको थियो । कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई स्वागत मन्तव्य बाट रोटरी क्लब काभ्रे भ्यालीका सचिव अशोक पाण्डेले स्वागत गर्नुभएको थियो ।
