IMG-LOGO

सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

 मंगल, भदौ २२, २०७८  --

 

 

       पाँचखाल नगरपालिकामा सार्वजनिक विद्यालयहरूमा विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तरगत शिक्षा बृद्धि गर्ने उदेश्यले त्रीपक्षीय सम्झौता गरिएको छ । विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित शिकाईलाई बढावा दिने र बिद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रयोग गरी समाधान गर्न अग्रसर गराउने उदेश्यले पाँचखाल नगरपालिका, किङ्स कलेज र कारखाना विचमा शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण सन्चालन गर्न सम्झौता भएको हो । त्रीपक्षीय सम्झौतामा पाँचखाल नगरप्रमुख महेश खरेल, किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले हस्ताक्षर गरेका छन् ।

       बिद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्ने उदेश्यले सम्झौता गरिको कार्यक्रम नमुनाको रुपमा पाँचखालका पाँचवटा विद्यालयमा सञ्चालन हुनेछन् । स्टिम क्लब सेटअप नगरपालिकामा सञ्चालन हुनेछ भने नगरका आजद मा वि बालुवा, पलाञ्चोकी भगवती, श्री राम मा वि कोशिदेखा, महांकाल माध्यमिक विद्यालय बेलामा सञ्चालन हुने पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए । तोकिएका ठाउँहरूका स्कूलहरूबाट १५ देखि २० जना विद्यार्थीहरूको समूहवाट कारखाना क्लब स्थापना हुनेछ । क्लब सदस्यहरू कारखाना शिक्षकहरुवाट सञ्चालन गरिने तालिममा सहभागि भई स्रोत र साधनको प्रयोग गरी स्टिम क्लब सञ्चालन गर्न सक्षम हुनेछन् । यसका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि स्टिम मेला सम्बन्धी कार्यक्रमहरू र डिजाइन प्रतिस्पर्धा गर्नेछन्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्