IMG-LOGO

लायन्स क्लवहरुको पदस्थापन कार्यक्रम

 मंगल, भदौ २२, २०७८  --

 

       डिष्ट्रिक्ट ३२५ ए२ नेपाल अन्तर्गत रहेका लायन्स क्लव अफ काभ्रे बनेपा, लायन्स क्लव अफ बनेपा सिटि, लायन्स क्लव अफ बनेपा माँ चण्डी, लियो क्लव अफ काभ्रे बनेपा, लियो क्लव अफ बनेपा र लियो क्लव अफ बनेपा सिटिको संयुक्त पदस्थापन र पूर्व डिष्ट्रिक्ट गभर्नररुको सम्मान कार्यक्रम शनिवार कायष्ठ बैंक्वेट बनेपामा सम्पन्न भयो ।

       लायन वर्ष २०२०∕२०२१ का अध्यक्ष सुशन राजवंशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा काभ्रे जिल्लाका समाज सेवी एवं नेपाल सरकारका पूर्व उद्योग राज्य मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहनु भएका  लायन्स क्लव अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ ए२ नेपालका गभर्नर लायन केशव पाण्डेज्यूले  लायन्स क्लवमा भर्खर मात्र आवद्ध हुनुभएका सदस्यहरुलाई लायन्स क्लवमा क्ष्लमगअत गर्नुे भएको थियो भने गत वर्ष चार्टर्ड भएको लायन्स क्लव लायन्स क्लव अफ बनेपा सिटि र यस वर्ष मात्र चार्टर्ड भएको लायन्स क्लव अफ बनेपा माँ चण्डी का चार्टर्ड प्रेसिडेन्टहरुलाई लायन्स क्लव अन्तर्राष्ट्रियबाट प्राप्त चार्टर्ड सर्टिफिकेट हस्तान्तरण गर्नु भएको थियो ।

       उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरले छ वटै क्लवका लायन वर्ष २०२१∕२०२२ मा विभिन्न पदमा निर्वाचित लायनहरुलाई पदस्थापन समेत गराउर्नु भएको थियो । लायन वर्ष २०२०∕२०२१ का अध्यक्ष सुशन राजवंशीले लायन वर्ष २०२१∕२०२२ का अध्यक्ष सुरेश भक्त भोछिभोयालाई अध्यक्षको पदभार हस्तान्तरण पछाडी डिष्ट्रिक्टबाट पाल्नु भएका पूर्व डिष्ट्रिक्ट  गभर्नरहरु लायन रुद्रहरी ज्ञवाली, लायन सुदर्शणधर प्रधानाङ्ग, लायन कयाम उदिन, लायन डा. सुशिला मल्ल, द्धितिय डिष्ट्रिक्ट गभर्नर लायन उत्तम झा, प्रथम डिष्ट्रिक्ट गभर्नर लायन दिनेश श्रेष्ठ लायन पुर्व अध्यक्ष रामराज धौभडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन लायन पदमसुन्दर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन लायन ईश्वर महाजु र लायन सुरज श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्