बनेपा, नेकपा एकीकृत समाजवादी काभ्रेको सचिवालय गठन भएको छ । विहिवार जिल्ला अध्यक्ष टोकबहादुर वाईवाको अध्यक्षतामा ३५ सदस्य सचिवालय गठन गरेको छ । उपाध्यक्ष बसुन्धरा हुमागाइ, सचिव दिपक गौतम, उपसचिव भक्तकुमारी लामा सहित ४ सदस्यीय सचिवालय पदाधिकारी गठन गरेको हो । यस अघि देश व्यापीरुपमा समान्तर कमिटी गठन गरेको बेलामा काभ्रेमा पनि २ सय १ जनाको काभ्रे पार्टी जिल्ला कमीटी गठन गरेको थियो । १३ वटै पालिकामा १३ इन्चार्ज १ जना सहइन्चार्ज रहेका छन् । २०७८ असोज १५ गते भित्र सबै पालिकामा संघ संगठन निर्माण गरी पूर्णता दिने कुरा जिल्ला पार्टी सचिव दिपक गौतमले जानकारी दिनुभयो । विगतमा एमाले हुँदाका बखत गठन भएको कमीटी नेकपा एकीकृत समाजबादी काभ्रेमा रुपान्तरण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीकी प्रभावशाली नेतृ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा नेकपा समाजवादी काभ्रेको पहिलो बैठकमा बागमती प्रदेश सांसदद्वय बसुनधरा हुमागाई, लक्षमण लम्साल, पूर्व सांसदहरु कृष्ण प्रसाद सापकोटा, शिव वहादुर देउजा, विदुर सापकोटा लगायतले मानतव्य राख्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी), नामक राजनीनिक पार्टी छुट्टिइ २०७८ भाद्र ९ गते निर्वाचन आयोगमा दर्ता भई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएको हो ।
