IMG-LOGO

लागू औषध सहित तीन पक्राउ

 मंगल, भदौ २२, २०७८  --

       काभ्रेको रोशी गाउँपालिकाको मंगलटार बजारबाट शनिबार लागू औषध सहित ३ जना पक्राउ परेका छन भने अर्का एक जनालाई प्रहरीले बनेपाबाट पक्राउ गरेको छ । बि.पि.राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध लागू औषध सहित रोहित कुमार यादव र रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । झापाबाट काठमाडौं तर्फ आउदै गरेको बा.४.ख ६६७६ नम्बरको हायस गाडीमा यात्रा गरिरहेका सिरहा घर भएका उनीहरुको झोलाबाट म्ष्बशभबिद–१०० एम्पुल, एजभलभचनबल–१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा ः १०० एम्पुल र ल्ययउजष्लभ लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान–१, नगद रु. ९,००० बरामद गरिएको छ । यस्तै उक्त लागू औषध बिशाल श्रेष्ठलाई बिक्रि गर्न ल्याएको सोधपुछमा बताए पछी श्रेष्ठलाई पनि बनेपा नगरपालिका वडा नं. ७ मा  फेला पारी तिनै जनालाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्